Rumpum Advertisement

चितवनमा थप दुई जनाको कोरोनाबाट मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितवनमा थप दुई जनाको कोरोनाबाट मृत्यु

चितवन, २० असाेज । चितवनमा मंगलबार साँझ थप दुई जनाकाे कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो ।

८ असोजमा मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

१८ असोजमा पीसीआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए ।

श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो । रासस