Rumpum Advertisement

राष्ट्रियसभा अध्यक्षद्वारा निर्माण कार्यको अनुगमन

Neuro Ad
Koshi Dashain ad
राष्ट्रियसभा अध्यक्षद्वारा निर्माण कार्यको अनुगमन

काठमाडौ, २० असोज । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माण कार्य सन्तोषजनक रहेको बताएका छन् ।

सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिडले आंशिक प्रभाव परे पनि कार्यप्रगति सन्तोषजनक रहेको उनले बताए । संसद भवन निर्माण कार्यको स्थलगत अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले कोरोनाले देशभरि विकास निर्माणलगायत अन्य क्षेत्रमा गरेको असरको तुलनामा काम सन्तोषजनक रहेको बताए । उनले समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न तीन सिफ्टमा २४ घण्टा नै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

आयोजना प्रमुख दीलिप भण्डारीले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको आयोजनाको निर्माणमा कोभिडका कारण केही प्रभाव परेको बताए । बर्खा र कोभिडका कारण समस्या भएकाले लक्ष्यअनुसार प्रगति नभए पनि तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन्न गर्न तीन सिफ्टमा काम गर्ने तयारी भइरहेको उनले बताए ।

आयोजना निर्माणको एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्यअनुसार काम हुन सकेको छैन । परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अट्ने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ ।

छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुईवटै संसदका सदस्यहरू अटाउनेखालको एउटा हलसमेत निर्माण गरिने छ । परिसरमा भीभीआईपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्वार निर्माण हुने बताइएको छ ।