Rumpum Advertisement

गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण, कार्यालयको कामकाज बन्द

Neuro Revised Adv
Koshi Dashain ad
गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण, कार्यालयको कामकाज बन्द

सप्तरी, २० असोज । सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना संक्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुुबैजनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो । गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभएसम्मका लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको बताए ।

स्वास्थ्य कार्यालय सप्तरीले गाउँपालिकाका अध्यक्षसहित उनका ४० वर्षीय छोरा, १५ र आठ वर्षीय नाती, ४० वर्षीय चालक तथा कृषि शाखाका संयोजक आइतबार कोरोना संक्रमित भएको जानकारी दिए ।