Rumpum Advertisement

नुवाकोटकी महिलाले एकैपटक पाँच सन्तान जन्माइन्

Neuro Revised Adv
Koshi Dashain ad
नुवाकोटकी महिलाले एकैपटक पाँच सन्तान जन्माइन्

काठमाडौं, १९ असोज । नुवाकोटकी एक महिलाले एकैपटक पाँच सन्तानलाई जन्म दिएकी छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले सोमबार पाँच सन्तानलाई जन्म दिएकी हुुन् ।

थापाथलीस्थित अस्पतालमा ४ जना शिशु जीवित तथा एक शिशु मृत जन्मिएका छन् । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशु जन्मिएका थिए ।

अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रका अजुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ । उनले भनिन्, ‘आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन । अहिले बच्चाहरूलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।’

डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् ।

जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए ।