Rumpum Advertisement

स्वास्थ्य मन्त्रालयले खुलायो काठमाडौंमा कोरोना संक्रमित बढ्नुको कारण

Neuro Revised Adv
Koshi Dashain ad
स्वास्थ्य मन्त्रालयले खुलायो काठमाडौंमा कोरोना संक्रमित बढ्नुको कारण

विराटनगर, १९ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड नअपनाएका कारण र सीमामा नियन्त्रण हुन नसक्दा काठमाडौंमा कोरोना भाइरस संक्रमितको संख्या बढेको जनाएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमित बढ्नुका मुख्य दुई कारण रहेको जनाए ।

‘काठमाडौंमा कोरोना बढ्नुका दुईटा कारण छन् । एउटा कारण भनेको हामीले जनस्वास्थ्यका मापदण्ड पूरा नगरी भीड धेरै गरेका छौं । जुलुस गरेका छौं, सभा–गोष्ठी, सेमिनार गरेका छौं । यसको नतिजा अहिले हामीले देखिरहेका छौं । र, अझ पनि हामीले यस्ता कार्यमा निरन्तरता दिएमा संक्रमित अझ बढ्नेछन्,’ उनले भने ।

यसैगरी प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढ्नुको अर्को कारण भनेको सीमामा राम्रो गरी नियन्त्रण हुन नसक्नु भएको बताए ।

‘दोस्रो कारण भनेको नेपाल–भारत सीमानामा त्यति राम्रो नियन्त्रण हुन सकेन । जसकारण मानिसहरू सिधै काठमाडौं आए । र, काठमाडौं आएका मानिसहरूलाई हामीले क्वारेन्टाइनमा बस्न अनुरोध गरेका थियौं । त्यो कुरा पनि फलो गरिएन ।’