Rumpum Advertisement

काठमाडौंमा उपत्यकामा १५ सय ३१ नयाँ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा उपत्यकामा १५ सय ३१ नयाँ संक्रमित थपिए

काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा आइतबार थप १५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ३१ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ११ सय ७८ जना, भक्तपुरका १०३ जना र ललितपुरका २५० जना रहेका छन् ।

सोमबार थप २४ सय ४० जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

सोमबार थप ११ सय ३३ संक्रमित कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । कुल संक्रमितमध्ये ७३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले जानकारी दिए ।

सोमबार थप १९ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५५४ पुगेकाे छ ।