Rumpum Advertisement

सुनको मूल्य चार सयले घट्यो

Neuro Revised Adv
Koshi Dashain ad
सुनको मूल्य चार सयले घट्यो

काठमाडौ, १९ असोज । नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन ४०० ले घटेको हो ।

यस्तै तेजाबी सुन आइतबारको तुलनामा ४०० ले ओरालो लागेको छ । आइतबार प्रतितोला ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य भने स्थीर रहेको छ । आइतबार प्रतितोला एक हजार एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।