Rumpum Advertisement

आजबाट चिनियाँ सामग्री नेपाल आउन थाले

Neuro Revised Adv
Koshi Dashain ad
आजबाट चिनियाँ सामग्री नेपाल आउन थाले

सिन्धुपाल्चोक, १८ असाेज । आइतबारदेखि चिनियाँ सामग्री आउन सुरु गरेको छ । नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच १३ असोजमा तातोपानी नाका पुनःसञ्चालन गर्ने सहमति भएसँगै आजबाट चिनियाँ सामग्री नेपाल आउन थालेका हुन् ।

आज ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएका छन् । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेको जानकारी दिए ।

आज ती सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुग्ने बताइएको छ । भन्सार जाँचपासपछि केही दिनमा ती सामग्री काठमाडौँ पठाइनेछ ।

कोरोना भाइरसको सङ्क्रमण नहोस् भनेर तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड, अनलोड गर्न तयारी अवस्थामा राखेको छ ।

यसैबीच असार २५ गतेदेखि बन्द तातोपानी नाका सोमबारदेखि सञ्चालन हुने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा अड्किएका सामान नेपाल भित्र्याउन तातोपानी नाका सञ्चालन हुन लागेको हो । नाका आयातका लागि मात्रै खुल्ने र निर्यात भने नहुने बताइएको छ । रासस