Rumpum Advertisement

बलात्कार घटना गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
बलात्कार घटना गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ

लहान, १८ असाेज, बलात्कारका घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्च पक्राउ परेका छन् । सिरहा प्रहरीले बलात्कारका घटना गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई आज पक्राउ गरेको हो ।

१२ असोजमा सिरहाको बिष्णुपुर गाउँपालिका-­१ मा भएको बलात्कारकाे घटनालाई रु. पाँच लाख जरिवाना तोकेर मिलापत्र गराउने गाउँका आठ जना पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।

स्थानीय एक किशोरीलाई सोही ठाउँका २० वर्षीय मुकेशकुमार साहले घरमा पसेर गरेको जबर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराएको आरोपमा बिष्णुपुर गाउँपालिका­ १ बिष्णुपुर निवासी ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरविन्दकुमार साह, ४५ वर्षीय शत्रुधन साह, ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय राम उदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव र ३५ वर्षीय रौदी भन्ने श्यामसुन्दर यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

किशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीका भाइले ती युवकलाई कुटपिट गरी घाइते बनाएपछि सो घटना बाहिर आएको हो ।

पीडित किशोरीलाई उपचारको लागि आफन्तहरूले स्थानीय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होममा लगी उपचार गराइएको थियो ।

सो घटना गाउँघरमै मिलाउन भनी गाउँमा नै पञ्चायत बसी पीडकको आफन्तलाई गराइएको तमसुक कागज स्थानीय जगवीर यादवको घरबाट बरामद् भएको प्रनाउ पौडेलले बताए । रासस