Rumpum Advertisement

काठमाडौंमा १३ सय ७३ सहित उपत्यकामा १५ सय ९९ मा कोरोना पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा १३ सय ७३ सहित उपत्यकामा १५ सय ९९ मा कोरोना पुष्टि

काठमाडौं, १८ असोज । काठमाडौं उपत्यकामा आइतबार थप १५ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ९९ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १३ सय ७३ जना, भक्तपुरका ३९ जना र ललितपुरका १८७ जना रहेका छन् ।

नेपालमा आइतबार थप २२ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज थप ७ जना संक्रमितकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५३५ पुगेकाे छ ।