Rumpum Advertisement

तोलाको दुई सयले बढ्यो सुनको मूल्य

Neuro Revised Adv
Koshi Dashain ad
तोलाको दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौ, १८ असोज । स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने २०० ले बढेर ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनमा पनि प्रतितोला २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ८०० मा कारोबार भएकामा आज ९४ हजारमा कारोबार भएको छ ।

यस्तै चाँदीमा प्रतितोला पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला एक हजार १७५ रहेको चाँदी आज भने एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ ।