Rumpum Advertisement

गैंडा धपाउन लगाइएको करेन्ट लागेर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
गैंडा धपाउन लगाइएको करेन्ट लागेर मृत्यु

चितवन, १८ असोज । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ््याइएको करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी नगरपालिका–६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

उनका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नांगो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।