Rumpum Advertisement

मोरङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरीको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरीको मृत्यु

विराटनगर, १८ असोज । मोटरसाइकलको ठक्करबाट मोरङको बूढीगंगा गाँउपालिका–१ टंकीसिनवारीमा एक सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएको छ ।

शनिबार राति कोशी राजमार्गको टंकीसिनवारी खण्डमा लु६१प २५०२ नम्बरको मोटरसाइकलले ठक्करबाट ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको हो । उनी सशस्त्र प्रहरीका सहायक निरीक्षक हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति साढे नौं बजे भएको दुर्घटनापछि घाइते भएका तावाहाङको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान १ बजेतिर मृत्यु भएको हो । मोटरसाइकल चालक फरार छन् । चालकको खोजी तीव्र भएको प्रहरीले जनाएको छ ।