Rumpum Advertisement

चार लाख भारुसहित एक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तु, १८ असोज । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रुपैयाँ (भारु) सहित एक जनालाई पक्राउ गरेको छ ।

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए । विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए ।

बरामद गरिएको रकममा पाँच सय दरका चार सय थान र दुई हजार दरका एक सय थान रहेको छ । उक्त भारुको नेपालमा रछ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताए । रासस