Rumpum Advertisement

केसीको जीवनरक्षाको माग

Neuro Revised Adv
Koshi Dashain ad
केसीको जीवनरक्षाको माग

काठमाडौ, १७ असोज । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।

अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवनरक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागी युवाहरुले बताएका छन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।

प्रदर्शनमा सहभागी युवाहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन् । केसीको श्वासप्रश्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकाले केसीको माग पूरा गर्न माग गरिएको हो । केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताए पनि केसीले मानेका छैनन् । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहलसमेत नगरेको उनीहरुको आरोप छ ।

माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारासमेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गरेका हुन् । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उनले राखेका छन् ।