Rumpum Advertisement

पशुपतिनाथलगायतका क्षेत्रमा सरसफाइ

Neuro Revised Adv
Koshi Dashain ad
पशुपतिनाथलगायतका क्षेत्रमा सरसफाइ

काठमाडौ, १७ असोज । खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, बसपार्कलगायतका क्षेत्रमा सरसफाइ गरेको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथलगायतका क्षेत्रमा क्लिनिङले सरसफाइ गरेको हो । व्यावसायिकरुपमा नै सरसफाइको काम गर्दै आएको खेम्स क्लिनिङले अहिले पशुपतिनाथ मन्दिर वरपर, ह्याम्सलगायतका विभिन्न अस्पताल, गोँगबु नयाँ बसपार्कलगायतका स्थानमा सफाइ गर्दै आएको कम्पनीका चिफ अपरेटिङ अफिसर दिनेश थापाले बताए ।

अहिले पशुपतिनाथ क्षेत्रमा भिडभाड कम भएकाले सरसफाइमा सहज भए पनि दर्शनार्थीका लागि खुला भएपछि पनि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर सरसफाइका काम अघि बढाइने उनले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अहिले विभिन्न सेवा क्षेत्र खुला भए पनि पशुपतिनाथलगायतका धार्मिक स्थलहरु खुला हुन सकेका छैनन् ।

सामान्य अवस्थामा हजारौंको भिड हुने पुशपतिनाथ क्षेत्र महामारीको जोखिमका कारण खुल्न सकेको छैन । मन्दिर दर्शनका लागि खुला गरेपछि अहिलेको अवस्थामा सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि सरसफाइसँगै डिसइन्फेक्सनको काम भइरहेको उनले बताए ।

खेम्स क्लिनिङका सुपरभाइजर सञ्जु तिवारीले अहिले पशुपति क्षेत्र विकास कोषमा मात्रै भित्र र बाहिर गरी ९० जनाभन्दा बढी जनशक्ति सरसफाइको काममा खटिएको बताइन् ।

कम्पनीले सरसफाइमा खटिने कर्मचारीहरुको सेवा सुविधा र स्वास्थ्य जोखिमलाई पनि विशेष ध्यान दिएको छ । अस्पताल क्षेत्रहरुमा सरसफाइको काम गर्दा केही कर्मचारीहरुलाई संक्रमण देखिएको उनले बताइन् । निमित सरसफाइको काममा खटिने कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाउन भनिएको छ । साथै कुनैमा संक्रमण देखिएमा सात लाखको जीवन बिमा र एक लाखको कारोना बिमा गरिएको उनले बताइन् ।

अस्पतालमा उपचारका क्रममा रहँदासमेत कर्मचारीको आर्थिक अवस्था हेरी आर्थिक सहयोग गर्ने गरेको थापाले बताए ।

कम्पनीले नयाँ बसपार्क क्षेत्रमा पनि नियमितरुपमा सरसफाइ गर्दै आएको छ । ‘अहिले पुनः सञ्चालनको तयारीमा रहेका होटल, अस्पताल, बसपार्क, सवारी साधनहरु आदिमा पनि समय–समयमा डिस्इन्फेक्सनका लागि पनि ठूलो माग आएको छ र हामीले त्यसैअनुसारका जनशक्तिहरु खटाइरहेका छौँ’, थापाले भने । अत्याधुनिक उपकरण तथा दक्ष जनशक्तिका कारण कोरोना महामारीका बेलामा पनि यस कम्पनीले आफ्ना जनशक्तिलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गरेर नै काम गरिरहेको छ ।

चार वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वयंसेवीरुपमा सफाइ गरेको थियो । त्यसपछि नेपाल सरकार, विदेशी पर्यटक तथा नेपाल र विश्वमा रहेका नेपालीहरुको उच्च मूल्यांकनका कारण विमानस्थल सफाइमा थप समय सहयोग गरेको खेम्स क्लिनिङले गएको तीन वर्षदेखि नेपालमा व्यावसायिकरुपमा सफाइको काम गर्दै आएको छ ।