Rumpum Advertisement

काठमाडौं उपत्यकामा एकै दिन आजसम्मकै धेरै संक्रमित फेला परे

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा एकै दिन आजसम्मकै धेरै संक्रमित फेला परे

काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकामा शुक्रबार एकै दिन आजसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय ३८ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १२ सय ८० जना, भक्तपुरका १९६ जना र ललितपुरका १६२ जना रहेका छन् ।

शुक्रबार थप २७ सय २२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ८२ हजार ४८५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

आज थप ३३ सय ७ संक्रमित कोरोना डिस्चार्ज भएसँगै यससँगै कोरोनामुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये ७३.६ प्रतिशतले कोरोना जितेका हुन् ।

शुक्रबार थप ११ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५२० पुगेकाे छ ।