Rumpum Advertisement

राँगाको मासु खाँदा १४ जना बिरामी

Neuro Revised Adv
Koshi Dashain ad
राँगाको मासु खाँदा १४ जना बिरामी

कञ्चनपुर, १६ असाेज । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए ।

बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ ।

प्रवक्ता थापाले भने, ‘स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन् । त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ ।’ रासस