Rumpum Advertisement

धान थ्रेसिङ गर्नेक्रममा एक महिलाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
धान थ्रेसिङ गर्नेक्रममा एक महिलाको मृत्यु

कञ्चनपुर, १६ असाेज । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान थ्रेसिङ गर्नेक्रममा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, “खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो । ट्र्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ ।”

उनले इलाका प्रहरी कार्यालय गुलरियाको टोलीले घटनास्थल मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने जानकारी दिए । रासस