Rumpum Advertisement

कोरोना महामारीमा खुल्यो झापामा पाँच तारे होटल

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना महामारीमा खुल्यो झापामा पाँच तारे होटल

विराटनगर, १५ असोज । कोरोना महामारीका बीच झापामा पाँच तारे होटल सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण सञ्चालनमा रहेका होटललाई खर्च धान्नै गाह्रो परेको अवस्थामा झापामा डेढ अर्ब लगानीमा पाँच तारे होटल मेची क्राउन सञ्चालनमा आएको हो ।

झापाको धुलाबारीमा सञ्चालनमा आएको मेची क्राउन प्रदेश १ को पहिलो पाँचतारे होटल हो । १०५ वटा कोठाहरू रहेको होटल आठ विगाह क्षेत्रफलमा फैलिएको छ ।

होटल सञ्चालानमा आएसँगै प्रदेश १ को पर्यटन क्षेत्रको विकासमा मद्दत पुग्ने होटल सञ्चालकमध्येको एक भेगास इन्टरनेशनल प्रालिका अध्यक्ष पबित्रकुमार कार्कीले बताए ।

होटल द पिक हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालन हुनेछ । होटलमा द पिक हस्पिटालिटीको पनि लगानी छ ।

होटलमा भारत, बंगलादेश र भुटानका पर्यटकलाई नेपाल ल्याउन सकिने अपेक्षा राखिएको छ । आठ विगाह क्षेत्रफलमा फैलिएको होटलमा हेलिप्याड, फाउण्टेन पार्कसहितको बाहिरी संरचना तयार गरिएको छ ।

होटलमा १०५ वटा सयन कक्ष छन् । जसमा स्वीट्स रुम पाँच वटा, एक्जुकेटिभ रुम १० वटा, १९ वटा क्लब र ७१ वटा डिलक्स रुमहरू छन् ।

भेगास इन्टरनेशनलका अध्यक्ष कार्कीका अनुसार होटलको तार्गेट ग्रुपमा भारत तथा तेस्रो देशका खर्चालु पर्यटक हुन् । धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भावना देखेर होटलमा लगानी गरेको बताउँदै उनले होटलमा ४० प्रतिशत नेपाली र ६० प्रतिशत भारत तथा तेस्रो देशका पर्यटकहरू आउने आपेक्षा गरिएको बताए ।

बागुडरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएका कारण विदेशी पर्यटकलाई नेपालसम्म ल्याउन सकिनेछ ।

होटलमा सञ्चालन हुने क्यासिनोले पनि होटलको व्यापारमा सहयोग गर्ने उनले बताए । होटलमा नेपालकै ठूलो क्यासिनो सञ्चालनमा ल्याउने तयारी छ । भेगास क्यासिनो केही समयपछि सञ्चालनमा आउने छ । होटल र क्यासिनो सञ्चालनमा आएपछि नौ सय बढी नेपालीले रोजगारी पाउनेछन् ।

‘द पिक हस्पिटालिटी’का अध्यक्ष दीपक लेखकका अनुसार होटलमा सञ्चालन हुने क्यासिनोको संरचना छुट्टै कम्पनीले सञ्चालन गर्नेछ । मेचीमा सञ्चालनमा आउने द भेगास क्यासिनो नेपालकै ठूलो भएको उनको दाबी छ ।