Rumpum Advertisement

काठमाडौंमा ८१७ सहित उपत्यकामा ९४३ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौंमा ८१७ सहित उपत्यकामा ९४३ संक्रमित थपिए

काठमाडौं, १५ असोज । काठमाडौं उपत्यकामा बिहीबार थप ९४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९४३ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका ८१७ जना, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जना रहेका छन् ।

बिहीबार एकैदिन १९ सय ११ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितकाे संख्या ७९ हजार ७२८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९६१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

आज ११ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ५०९ पुगेकाे छ ।