Rumpum Advertisement

५०० ले बढ्यो सुनकोे मूल्य

Neuro Revised Adv
Koshi Dashain ad
५०० ले बढ्यो सुनकोे मूल्य

काठमाडौ, १४ असोज । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला ५०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार २०० तोकेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।