Rumpum Advertisement

जोरविजोर लागू गराउन चेकजाँचमा कडाइँ

Neuro Revised Adv
Koshi Dashain ad
जोरविजोर लागू गराउन चेकजाँचमा कडाइँ

काठमाडौ, १३ असोज । ट्राफिक प्रहरीले जोरविजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइँ गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोरविजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाइँ गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारीसाधनलाई प्रहरी कडाइँका साथ चेकजाँच गरिरहेको छ ।

सवारी जाम बढ्न थालेपछि जोरविजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइँ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियमाअनुासर जोरविजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ ।

दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्कअनुसार ट्राफिक कारवाहीमा ८ सयभन्दा बढी सवारी परेका छन् । करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।

संक्रमणको जोखिम बढ्दै गएकाले जोरविजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।