Rumpum Advertisement

घाँस काट्न गएका युवाको भीरबाट लडेर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
घाँस काट्न गएका युवाको भीरबाट लडेर मृत्यु

डोटी, १२ असोज । आदर्श गाउँपालिका–दहकालिका स्थानमा भीरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जंगलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति अबेरसम्म घर नआउँदा घरपरिवारले खोजी गर्दा भीरबाट लडेर मृतावस्थामा फेला परेका हुन् ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।