Rumpum Advertisement

सप्तकोशीको बजेट ४७ करोड

Neuro Revised Adv
Koshi Dashain ad
सप्तकोशीको बजेट ४७ करोड

सप्तरी, ८ असोज । सप्तरीको सप्तकोसी नगरपालिकाले ४६ करोड ८१ लाख ६७ हजार ४७० बराबरको वार्षिक बजेट पारित गर्दै पाँचौँ नगरसभा सम्पन्न गरेको छ ।

नगर प्रमुख उत्तमकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख आशा चौधरीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो ।

नगरसभाको उद्घाटनमा प्रदेश नं २ का प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले देशमा व्यवस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए । नयाँ प्रणालीमा देश गएअनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जेष्ठ नागरिक मुरारी कार्कीले जनप्रतिनिधिबाट पारित योजना अक्षरस पालना हुनुपर्ने बताए । नेपाल किसान संघका केन्द्रीय सदस्य पुष्प बस्नेतले स्थानीयस्तरमा सञ्चालन भएका उद्योग सञ्चालनमा टेवा पु¥याउन र किसानको समस्यालाई सम्बोधन गर्न वरिपरि भएका जडिबुटी संकलन गरी आयआर्जनलाई अगाडि बढाउन नगरपालिकालाई सुझाव दिए ।