Rumpum Advertisement

प्रदेश २ मा घट्न थाले संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश २ मा घट्न थाले संक्रमित

धनुषा, ७ असाेज । प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या घट्न थालेको छ । बुधबार प्रदेश २ मा ३७ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित निर्देशक विजयकुमार झाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज ९ महिला र २८ पुरुष गरी ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

उनले थप ३७ सहित प्रदेश २ मा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या १३ हजार १०८ पुगेको र सक्रिय सङ्क्रमित पाँच हजार ८०३ रहेको बताए ।

झाले आज थपिएकामा सिरहामा ६, धनुषामा एक, सर्लाही र सप्तरीमा १५-१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताए ।

आज कोरोना भाइरसका कारण प्रदेश नं.२ मा सिरहाको औरही गाँउपालिका वडा नं.३ का एक ५० वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।

योसँगै प्रदेश २मा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय २३ पुगेको छ । रासस