Rumpum Advertisement

जोकोभिकले जिते इटालियन ओपन टेनिसको उपाधि

Neuro Revised Adv
Koshi Dashain ad
जोकोभिकले जिते इटालियन ओपन टेनिसको उपाधि

विराटनगर, ६ असोज । विश्व नम्बर एक नोभाक जोकोभिकले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् ।

सोमबार राति भएको फाइनलमा अर्जेन्टिनीका डिएगो स्वार्टजम्यानमाथि जित निकाल्दै सर्बियन स्टार जोकोभिकले उपाधि जितेका हुन् ।

रोमस्थित सेन्टर कोर्टमा जोकोभिकले डिएगोमाथि ७–५ र ६–३ को सेटमा जित निकालेका हुन् ।

जोकोभिचले यसअघि सेमिफाइनलमा क्यास्पर रुडमाथि दुई सेटको सहज जित हात पार्दै फाइनलमा स्थान बनाएका थिए ।

स्वार्टजम्यानले भने क्यानेडियन खेलाडी डेनिस साफोभलोभलाई तीन सेटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए ।

यससँगै जोकोभिकले पाँचौ पटक इटालियन ओपनको उपाधि आफ्नो बनाएका छन् । यसैगरी ३६औं पटक मास्टर्स उपाधि जितेसँगै उनी सर्वाधिक धेरै यो उपाधि जित्ने खेलाडी पनि बनेका छन् ।

३३ वर्षीय जोकोभिकले राफायल नाडालको कीर्तिमान तोडेका हुन् । नाडालले ३५औं पटक मास्टर्स उपाधि जितेका छन् ।