Rumpum Advertisement

पोखराका पर्यटन व्यवसायी उत्साही

Neuro Revised Adv
Koshi Dashain ad
पोखराका पर्यटन व्यवसायी उत्साही

पोखरा, ५ असोज । लामो समयदेखि बन्द आन्तरिक हवाइ उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायीहरु खुसी भएका छन् ।

कोरोना महामारीका कारण जारी भएको लकडाउनपछि बन्द रहेको आन्तरिक हवाइ सेवा सुरु भएसँगै व्यवसायीहरु खुसी भएका हुन् । सरकारले गत चैत ११ गतेबाट देशभरि लकडाउन जारी गरेसँगै पटर्यन व्यवसाय ठप्प बनेको थियो ।

चार महिना लामो लकडाउन खुले पनि आन्तरिक हवाइ सेवा सुचारु नहुँदा पर्यटन व्यवसाय सञ्चालन हुन सकेको थिएन । असोज ५ गतेबाट हवाइ सेवा सुरु भएसँगै पर्यटन व्यवसायले गति लिने विश्वास व्यवसायीहरुको छ ।

आन्तरिक उडानले व्यवसाय सञ्चालनमा उत्साह थपेको पोखराका पर्यटन व्यवसायी हरि भुजेलले बताए । तर केही पर्यटन व्यवसायीलाई मात्रै फाइदा पुग्ने गरी एयरलाइन्सहरुले उडान प्याकेज घोषणा गरेको प्रति भने उनले आपत्ति जनाए । त्यसले पर्यटन क्षत्रेलाई नभएर एक–दुईजना व्यवसायीलाई मात्रै फाइदा पुग्ने उनले बताए ।

अर्का पर्यटन व्यवसायी सूर्य भुजेलले सहजरुपमा व्यवसाय सञ्चालन गर्ने अवस्था अझै नभए पनि सरकारी स्तरबाट सकारात्मक सहयोग हुनुपर्ने बताए ।

कास्की पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडि बढ्नुको विकल्प नभएको बताए । पर्यटकीय गन्तव्यहरुको संरक्षण गर्दै कोरोनासँग जोगिने र जोगाउँदै अगाडि बढ्नुपर्ने उनले बताए । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यवसाय सञ्चालन गर्न सके दुई वर्षभित्रमा लकडाउनअघिकै अवस्थामा पुग्न सकिने उनले बताए ।