Rumpum Advertisement

वीरगञ्जमा प्याजको मुल्य प्रतिकिलो ७५

Neuro Revised Adv
Koshi Dashain ad
वीरगञ्जमा प्याजको मुल्य प्रतिकिलो ७५

वीरगञ्ज, ५ असोज । प्याजको कालोबजारी सुरू भएपछि पर्सामा प्रशासनले प्याजको बिक्री मुल्य तोकेको छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई कारवाही थालेको प्रशासनले प्याजको अधिकतम विक्री ७५ रुपैयाँ तोकेको हो ।

प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि स्थानीय उपभोक्तहरुले राहत पाएको उपभोक्ता विजय पण्डितले बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीहरुबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए ।

स्थानीय प्रशासनमा बसेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आइतबार बसेको बैठकले हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसअघि व्यापारीहरुले कृत्रिम मूल्य सिर्जना गरी प्रतिकेजी १०० मा बेच्दै आएका थिए । तोकिएको मूल्यभन्दा बढी रकम लिएर प्याज बिक्री वितरण गरेको पाइए स्थानीय प्रशासनले कानूनबमोजिम कारवाही गरिने बताइएको छ । रासस