Rumpum Advertisement

चितवनमा एक युवतीसहित दुई जनाको कोरोनाबाट मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितवनमा एक युवतीसहित दुई जनाको कोरोनाबाट मृत्यु

चितवन, ४ असाेज । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी एक युवती रहेकी छन् ।

कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका- १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए ।

२२ भदौमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा २४ भदौमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन् ।

निर्देशक लम्सालका अनुसार २६ भदौमा श्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको ३ असोजमा कोरोना पुष्टि भएको थियो ।

उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।

उक्त अस्पतालमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

यस्तै चितवनमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् ।