Rumpum Advertisement

सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
सप्तरीमा एकैपटक ३७ प्रहरीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरी, १ असाेज । जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएकाे छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाइ गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् ।

दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी सङ्क्रमित भएको र तीमध्ये दुई महिला प्रहरी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले बताए ।

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज–३ का ४५ वर्षीय अभिवक्ता, भिम दल गणका ३७ वर्षीय पुरुषसमेत सङ्क्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताए ।

यससँगै सप्तरीमा संक्रमितकाे संख्या ११ सय ४३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये १९९ महिला र ९४४ पुरुष छन् ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सङ्क्रमितमध्ये १११ महिला र ६३९ पुरुष निको भएर घर फर्किएका छन् । सङ्क्रमण पुष्टि भएका एक महिला र आठ पुरुषको मृत्यु भएको छ । रासस