Rumpum Advertisement

एकै पटक सिरहाका ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

Neuro Ad
एकै पटक सिरहाका ५०७ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, ३१ भदौ । सिरहा जिल्ला कारागारका ५०७ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार कारागारमा रहेका ५९९ जनाको स्वाब संकलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, राजविराजसहितको ठाउँमा दुई दिन गरिएको पीसीआर परीक्षणबाट ५०७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।,

संक्रमित हुनेहरूमा कारागारमा रहेका शिशुदेखि ७३ वर्षसम्मका वृद्धसम्म रहेको र उनीहरूको अहिले उपचारको व्यवस्थापनमा जिल्लास्तरीय कोभिड व्यवस्थापन समिति लागिपरेको उनले बताए ।

उनका अनुसार संक्रमण नदेखिएका ९२ जनालाई छुट्टै कोठामा राखेर व्यवस्थापनको काम भइरहेको पनि उनले बताए ।