Rumpum Advertisement

श्राद्धको खानाबाट ‘फुड प्वाइजनिङ’, एकको मृत्यु, १५ बिरामी

Neuro Revised Adv
Koshi Dashain ad
श्राद्धको खानाबाट ‘फुड प्वाइजनिङ’, एकको मृत्यु, १५ बिरामी

कैलाली, ३१ भदौ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका–१० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता) का कारण उनीहरु बिरामी परेको बताए ।