Rumpum Advertisement

निषेधाज्ञा अन्त्य भएकै दिन सप्तरीमा ५५ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
निषेधाज्ञा अन्त्य भएकै दिन सप्तरीमा ५५ संक्रमित थपिए

सप्तरी, ३० भदौ । लामो समयदेखिको निषेधज्ञा सकिएकै दिन सप्तरीमा थप ५५ जना कोरोना संक्रमित फेला परेका छन् ।

सोमबार मात्रै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकबाट मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा अन्त्य हुने निर्णय भएको थियो ।

तर, निषेधाज्ञा सकिएकै दिन सप्तरीमा ५५ नयाँ संक्रमित भेटिएको स्वास्थ्य कार्यालाय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पतालका दुई कर्मचारी र नेपाल प्रहरीका एक जनासहित सप्तरीमा ५५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

त्यसैगरी राजविराज नगरपालिकाका ३३ जना, हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना, बलानविहुल गाउँपालिकाका १ जना, शम्भुनाथ नगरपालिकाका १ जना र महदेबा गाउँपालिकाका दुई जना रहेका छन् भने जिल्लाबाहिर मोरङका एक जना, सिरहाका एक जना र महोत्तरीका एक जना रहेका छन् ।