Rumpum Advertisement

बगान खोलामा झोलुंगे पुल बन्ने, सप्तरी–सिरहा जोडिने

Neuro Revised Adv
Koshi Dashain ad
बगान खोलामा झोलुंगे पुल बन्ने, सप्तरी–सिरहा जोडिने

सप्तरी, २५ भदौ । सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्न बलान खोलामा झोलुंगे पुल बन्ने भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुंगे पुल बन्न लागेको हो ।

नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा बन्न लागेको पुलको लम्बाई २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए । गोइतका अनुसार पुलको लागत करिब तीन करोड हुने छ ।

वर्षाका बेला बलान खोलामा आउने बाढीले सप्तरी र सिरहाको सीमाक्षेत्रका बासिन्दा प्रभावित हुने गरेको र आवतजावत ठप्प हुने गरेको थियो । झोलुंगे पुल बन्ने भएपछि स्थानीयवासी खुसी भएका छन् ।

कोभिड-१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञाका कारण धेरै आयोजनाका काम ठप्प भए पनि निर्माणस्थललाई पूर्णरूपमा बन्द गरेर आजदेखि पुलको काम सुरु गरिने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए । कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइने जनाइएको छ ।