Rumpum Advertisement

चितनवनमा कोरोनाबाट वृद्धको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितनवनमा कोरोनाबाट वृद्धको मृत्यु

चितवन, २३ भदाै । भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्ध रहेका छन् ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।

संङ्क्रमण पुष्टि भएपछि खोकीसहित स्वासप्रस्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा आज साँझ ५ः३० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि मृगौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटर उपचार गरिएको थियो ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । एक जना वृद्धाको घरमानै मृत्यु भएको थियो ।

चितवनका १२, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना सङक्रमणका कारण मृत्यु भएको हो । रासस