Rumpum Advertisement

बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

Neuro Revised Adv
Koshi Dashain ad
बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

विराटनगर, २३ भदौ । नेपाल राष्ट्र बैंकले राजश्व संकलनका लागि तीन दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको निर्देशनसँगै आगामी बिहीबारसम्म तीन दिन बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेपछि राष्ट्र बैंकबाट सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न यस्तो निर्देशन आएको हो ।

सजिलो तरिकाले राजश्व तिर्ने वातावरण बनाउन र सीमित शाखामात्रै खोल्दा भीड अत्याधिक हुुने भएकाले सबै शाखा खोल्न निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । उनका अनुसार कोरोना महामारीका कारण पछिल्लो केही समययता बैंकले कम मात्रामा शाखा कार्यालयहरु खोलेर सेवा प्रवाह गरिरहेका छन् । ढकालले कोरोना संक्रमणबाट बच्न अपनाउनु पर्ने सबै मादपण्ड पालना गर्ने कुरामा भने जोड दिइएको जनाए ।