Rumpum Advertisement

आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ

कञ्चनपुर, १९ भदौ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आमालाई जबरजस्ती करणी गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

जबरजस्ती करणीको आरोपमा कृष्णपुर नगरपालिकाबाट ३० वर्षीय छोरा पक्राउ परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

अपराध लुकाउन नसकेर प्रहरीसमक्ष आएको भन्दै वृद्ध आमाले छोराविरुद्ध मुद्दा दायर गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले छोराविरुद्ध आमाले दिएका जवरजस्तीे करणी उद्योगको मुद्दा दर्ता भएको बताए ।

श्रीमतीसहित छोराछोरी लगेर भारतमा रोजगारी गर्दै आएका यी पुरुष कोरोनाको कारण भएको बन्दाबन्दीको समयमा घर आएका थिए ।