Rumpum Advertisement

धनुषामा कोरोना संक्रमणका कारण भारतीय मजदूरको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
धनुषामा कोरोना संक्रमणका कारण भारतीय मजदूरको मृत्यु

धनुषा, १९ भदाै । धनुषामा कोरोना भाइरस सङ्क्रमणबाट एक भारतीय मजदूरको मृत्यु भएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३ को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि आज भएको हो ।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशंकमा उनको स्वाबको नमूना संकलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए । नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ ।

यससँगै धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।