Rumpum Advertisement

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन, १८ भदौ । चितवनमा बिहीबार दिउँसो थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी गैंडाकोट नगरपालिकाका–२ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका संचार संयोजक हरि बोहोराका अनुसार ९ भदौमा अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएका उनको आइसोलेशन कक्षमै आज करिब तीन बजे मृत्यु भएको हो ।

बिहान सोही अस्पतालमा भरतपुर महानगरपालिका वडा नम्बर ११ कि एक महिलाको मृत्यु भएको थियो ।