Rumpum Advertisement

आत्महत्या गरेकी महिलामा संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
आत्महत्या गरेकी महिलामा संक्रमण पुष्टि

महोत्तरी, १८ भदौ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास–३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना संक्रमणको रिपोर्ट आएको जानकारी दिए ।

ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना संक्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए । यसअघि मृतक महिलाको घरका अन्य तीनजना सदस्यमा भदौ ११ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।