Rumpum Advertisement

बाणिज्य बैंकले भेट्टायो हजारको नक्कली नोट

Neuro Revised Adv
Koshi Dashain ad
बाणिज्य बैंकले भेट्टायो हजारको नक्कली नोट

मुगु, १६ भदौ । मुगुको एक बाणिज्य बैकमा कारोवार गर्न आएका सेवाग्राहीबाट बैकले नक्कली हजारको नोट फेला पारेको छ ।

मंगलबार छायाँनाथ रारा नगरपालिका–१३ का सुरथ बहादुर रावतले आफनो खातामा जम्मा गर्न ल्याएको १००० को नोटमाथि शंका लागेपछि राष्ट्रिय बाणिज्य बैक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको हो ।

नगद सहायक सरोज न्यौपानेका अनुसार १००० को एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरिसकेर घर फर्किसकेपछि अन्य नोटभन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको हो ।

भेटिएको नोटमा सक्कली नोटभन्दा तौल कम भएको, रंग फिक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको बीचमा रहेको सिल्भर चम्किलो रेखान भएको पाइएको पनि नगद सहायक न्यौपानेले बताए ।

छायाँनाथ रारा नगरपालिका–१३ भटटेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिन आउने ग्राहकमध्ये कसैले उक्त नोट दिएको खुलेको छ । मंगलबार होटेलमा आएका सबैले उक्त नोट नक्कली भएको भनेपछि आफूले बैकलाई बुझाएको नोट धनी रावतले बताए ।

बैकमा नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका साथै नेपाल राष्ट्र बैकलाई समेत जानकारी गराएको बैकले बताएको छ ।