Rumpum Advertisement

कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमणबाट सिरहामा थप एकको मृत्यु

सिरहा, १६ भदौ । कोरोना संक्रमणबाट सिरहामा आज बिहान थप एकजनाको मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

भदौ १० गते कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सिरहामा सात पुगेको छ ।

निषेधाज्ञा १२ दिन थप

सिरहामा लगाइएको निषेधाज्ञा १२ दिनका लागि थप गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि सिरहामा भदौ २७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

प्रशासनले भदौ एक गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमबार राति १२ बजेबाट सकिँदै थियो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलको अध्यक्षतामा बसेको बैठकले निषेधाज्ञाको समय थप गर्दै अझ कडाइँ गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा यसअघि बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको समय दिइएकाले त्यसलाई नै निरन्तरता दिएको प्रजिअ कँडेलले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा सार्वजनिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्णरुपमा बन्देज गरिएको छ । यस्तै आआफ्नो धार्मिक पर्व घरभित्रै गर्न भनिएको छ ।