Rumpum Advertisement

नेपालमा कोरोनाका कारणले पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
नेपालमा कोरोनाका कारणले पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु

जनकपुरधाम, १५ भदौ । नेपालमा कोरोनाका कारणले पहिलोपटक एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका–४ का वर्ष ४० को हेल्थ असिष्टेन्ट रहेका छन् ।

प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका अनुसार मृतक सरकारी निकायमा कार्यरत नभएपनि गाउँमा नै औषधि पसल तथा क्लिनिक सञ्चालन गरेर सर्वसाधारणको उपचारमा सक्रिय रहेका थिए ।

उनी सो क्षेत्रमा निक्कै लोकप्रिय स्वास्थ्यकर्मी भएका कारणले घर–घरमा पुगेर उपचार गर्दै आएका थिए । ७ भदौमा रुघा, खोकी तथा ज्वरो आएपछि पनि होम आइसोलेशनमा बसेर आफैं उपचारमा रहेपनि स्वास्थ्य अवस्था बिग्रेपछि उपचारका लागि काठमाडौं लगिरहेको बेलामा काभ्रेको भकुण्डेवेसीमा मृत्यु भएको थियो ।

काठमाडौको लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरमा स्वाबको परीक्षण गर्दा उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो । मृतक मधुमेह तथा पत्थरी रोगले पनि पीडित रहेका थिए ।

योसँगै महोत्तरी जिल्लामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९ पुगेको छ । २ नम्बर प्रदेशमा मृत्यु हुनेका संख्या ८८ पुगेको छ ।