Rumpum Advertisement

चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
चितवनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

चितवन, १२ भदौ । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याका कारण ७ भदाैमा कलेजमा उपचारका लागि आएकी महिलामा ९ भदौमा सङ्क्रमण पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङख्या छ पुगेको छ । एक वृद्धाको घरमा नै मृत्यु भएको थियो ।

जिल्ला भित्र कोरोनाका कारण तीनको मृत्यु भएको छ भने अन्य एक कैलाली र तीन मकवानपुरका रहेका बताइएको छ ।