Rumpum Advertisement

कोरोनाबाट प्रदेश नं २ मा आज एकै दिन ८ जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट प्रदेश नं २ मा आज एकै दिन ८ जनाको मृत्यु

जनकपुर, ११ भदाै । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्यांकअनुसार बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।

प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । यस्तै आज १२४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ सङ्क्रमित थपिएको हो ।

अब कूल सङ्क्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ । सोमध्ये आज ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।