Rumpum Advertisement

कोरोना संक्रमण पुष्टि भएका दुई सयभन्दा बढी सम्पर्कविहीन

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमण पुष्टि भएका दुई सयभन्दा बढी सम्पर्कविहीन

जनकपुरधाम, ११ भदौ । प्रदेश २ मा कोरोना भाइरस संक्रमणको पुष्टि भएका करिब २ सयभन्दा बढी संक्रमितहरू स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सम्पर्कमा नरहेको पाइएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार दुई सयभन्दा बढी संक्रमित सम्पर्कविहीन भएका कारणले कोरोनाको जोखिम अझै उच्च बनेको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अपतालको प्रयोगशाला तथा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुई सयभन्दा पनि बढी संक्रमित स्थानीय प्रशासन तथा प्रहरीको सम्पर्क नरहेकाले व्यक्तिको यकिन कठिन रहेको उनले जानकारी दिए ।

पीसीआर परीक्षणका बेला नाम, ठेगाना र सम्पर्क नम्बर गलत लेखाउने गरेका कारणले उनीहरू फेला नपरेको विभिन्न जिल्लाका स्थानीय प्रहरी तथा प्रशासनले जानकारी दिइएको छ ।

झाका अनुसार समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण गलत रहेका कारणले संक्रमण पुष्टि भए पनि लुकीछिपी बस्ने अवस्था रहेको छ ।

मानवीय सेवा भएकाले पीसीआर परीक्षण गर्दा नागरिकता हेर्ने चलन नभएको उनले जानकारी दिए । स्थानीय तहलाई पनि कन्ट्रयाक्ट ट्रेसिङमा समस्या भइरहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावर्गीले जानकारी दिए ।