Rumpum Advertisement

कोरोना संक्रमित गर्भवतीको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमित गर्भवतीको मृत्यु

बारा, ११ भदौ । बाराको सुवर्ण गाउँपालिका–४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा आज बिहान वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ ।