Rumpum Advertisement

स्वास्थ्यकर्मीलाई झिकाइयो प्रादेशिक अस्पताल

Neuro Revised Adv
Koshi Dashain ad
स्वास्थ्यकर्मीलाई झिकाइयो प्रादेशिक अस्पताल

जनकपुरधाम, ७ भदौ । धनुषा जिल्लाको गंगुली क्वारेन्टाइनमा संक्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ ।

कोभिड–१९ का धनुषा संयोजक डा. जामुनप्रसाद सिंहका अनुसार संक्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ ।

उनले भने, ‘घटना सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, सो बारेमा सत्यतथ्य छानबिन गरी थप विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।’ रिक्त स्वास्थ्यकर्मी टोलीका ठाउँमा नयाँ टोली आजै पठाइने जनाइएको छ ।