Rumpum Advertisement

निषेधाज्ञाकाे पहिलाे दिन सुनसान विराटनगर (फाेटाे फिचर)

Neuro Revised Adv
Koshi Dashain ad
निषेधाज्ञाकाे पहिलाे दिन सुनसान विराटनगर (फाेटाे फिचर)

विराटनगर, ६ भदौं । समुदायस्तरमा फैलिएको कोरोना संक्रमणबाट विराटनगरमा नाैं जनाकाे मृत्यु भएपछि स्थानीय प्रशासनले शनिबारबिहानदेखि विराटनगरमा निषेधाज्ञा जारी गरेकाे छ । विराटनगरसहित मोरङका चार स्थानीय तहमा निषेधाज्ञा जारी गरेकाे हाे ।

निषेधाज्ञाको पहिलो दिन शनिबार बिहान विराटनगर बजार क्षेत्र सुनसान देखिएको छ । सहडमा प्रहरी परिचालन भएका छन् । फाटफुट सडकमा देखिएका व्यक्तिलाइ प्रहरीले साेधीखाेजी गर्छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका, कटहरी, बुढीगंगा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो । पाँच दिन लामो निषेधाज्ञाको पहिलो दिन विराटनगरकाे बजार क्षेत्रमा कडाइ गरिएकाे छ ।

शुक्रबार बिहान १२ बजेदेखि १० भदौं राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । प्रशासनले राति नौ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न प्रतिबन्ध लगाएको छ ।

विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिकाको वडा नम्बर १,२, ३, र ४, कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३,४ र ५, र रंगेली नगरपालिकाको ४,५,६ र ७ नम्बर वडामा निषेधाज्ञा जारी भएको छ ।